क्रिकेटखेल

आइसिसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र ओमान भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९:३० बजे सुरु हुनेछ ।

सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको छ । नेपाल रोहित पौडेल र ओमान जतिन्दर सिंहको कप्तानीमा मैदान उत्रदै छ । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्दै सिरिजमा लगातार दोस्रो जितको योजनामा रहेको छ भने उता ओमान पनि नेपाललाई उसकै मैदानमा पराजित गर्दै सिरिजमा पहिलो जित निकाले योजनामा रहेको छ ।

गत शनिबार भएको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो भने सोमबार भएको खेलमा ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । आज नेपाल र ओमानले तेस्रो खेल खेल्दा मे १ मा नेपाल र युएईले, मे ३ मा ओमान र युएईले तथा मे ५ मा नेपाल र ओमानले खेल्ने तालिका रहेको छ ।

नेपाल २१ खेलमा ६ जित, १३ हार र २ खेलको नतिजाविहिन हुँदा १४ अंक जोड्दै सातौं स्थानमा छ भने २५ खेल खेलेको ओमान भने १३ जित, ९ हार र ३ खेलको नतिजा नआउँदा २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

नेपाली टोली – रोहित पौडेल(कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दिपेन्द्रसिह ऎरी, विनोद भण्डारी , अर्जुन कुमाल, सोमपाल कामी , गुल्शन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, बसिर अहमद र ललित राजंवशी ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.