बिशेषस्वास्थ्य

नेपाली नागरिकता त्यागेका थप १९ चिकित्सकको लाइसेन्स खारेज

नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।

नक्कली डाक्टर पक्राउ

काउन्सिलले नेपाली नागरिकता त्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिनुभयो ।

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो ।

उहाँले ती चिकित्सकको दर्ता किताबबाट नाम समेत हटाइएको बताउनुभयो । उहाँले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताउनुभयो ।

“नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ,” उहाँले भन्नुभयो ।

ती चिकित्सक नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता लिएकाले दर्ता खारेज गरिएको हो ।

उहाँका अनुसार डा सुमिन्द्रा पुन, डा शैलेशकुमार जयसवाल, डा भूपेश खड्का, डा आरती रानाभाट, डा रमेशराज पहारी, डा सञ्जोक घले, डा ऋषिराज बराल, डा प्रभु पाण्डे, डा तृप्ती महर्जन र डा सृजना श्रेष्ठ रहनुभएको छ ।

यस्तै, लाइसेन्स खारेज हुनेमा डा सुनिता विष्ट, डा दीपा मल्ल, डा सौरब जिसी, डा जेनिसा श्रेष्ठ, डा प्रभास रेग्मी, डा दिपीका ज्ञवाली, डा हेमु चौरसिया, डा समीक्षा शर्मा र डा मनोरमा पाण्डे रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.