बिशेषराजनीति

राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा थप तीनवटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको हो ।

“सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश” जारी भएपछि एकसय भन्दा बढी निकायका राजनीतिक नियुक्ति एकैपटक खारेज गर्ने बाटो खुलेको छ ।

सरकारले सिफारिश गरेका ८ मध्ये यसअघि राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी अध्यादेश, सार्वजनिक खरीद र सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.