राजनीति

“लिपुलेक सीमा विस्तार होइन, नेपालको आफ्नै भूमिमाथिको दाबी हो” : सरकारका प्रवक्ता

नेपाल सरकारले लिपुलेक लगायतका सीमा विवादित क्षेत्रहरू नेपाली भूमि नै भएको र यसमा सरकारको अडान स्पष्ट रहेको पुन: दोहोर्‍याएको छ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ती क्षेत्रहरू नेपालकै भएको विषयमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै लिपुलेकका विषयमा भारतको प्रतिक्रियाको खण्डन गर्दै सीमा विस्तार नभएर आफ्नै भूमिको दाबी रहेको बताउनुभयो ।

सोमबार मनित्रपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले लिपुलेकबाट कैलाश यात्रामा चीन र भारतबीचको सहमति र भारतको टिप्पणीमाथि गरिएको प्रश्नको उत्तर दिंदै मन्त्री पोखरेलले सो धारणा राख्नुभएको हो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “परराष्ट्र मन्त्रालयले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ। भारतले यसलाई ‘नेपालले सीमा विस्तार गर्न खोजेको’ भनी गरेको सङ्केत गलत हो। यो सीमा विस्तार होइन, आफ्नै भूमिको रक्षा हो।”

मन्त्री पोखरेलले यो विषय अब दुई देशबिचको उच्चस्तरीय कूटनीतिक संवाद र सहकार्यमार्फत समाधान गरिने जानकारी दिनुभयो। उहाँले परराष्ट्र मन्त्रालयले जारी गरेको नोट सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा भारत पठाइको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.