स्वास्थ्य

योगशिविरमा पुगेका चिकित्सकद्वारा मानवता प्रस्तुत टाउकाको निःशुल्क शल्यक्रिया

योग शिविरका लागि जुम्ला पुगेको चिकित्सकको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी) गरेर मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको छ ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमगाउँका गोरबहादुर बोहराको टाउकाको शल्यक्रिया सफल भएको हो

यही वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उहाँलाई उपचारार्थ प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा चिकित्सको समस्याले गर्दा बोहोरालाई अन्य सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ को तयारी समेत गरिएको थियो ।

प्रतिष्ठानमा कार्यरत डा निर्मल थापाले दिनुभएको जानकारी जानकारी अनुसार डा खड्का जिल्लामै रहनुभएको सूचना पाएपछि शल्यक्रिया

योग शिविरका लागि डा खड्का गुठीचौर गाउँपालिका–५ देपालगाउँमा रहनुभएको थियो । डा खड्काले मानवीय भावनाका साथ शल्यक्रिया गर्न सहमति जनाएपछि आइतबार साँझ शल्यक्रिया गरिएको बिरामीका आफन्त गोर्खबहादुर रावतले जानकारी दिनुभयो ।

शल्यक्रियामा डा खड्कासँगै प्रतिष्ठानमा कार्यरत डा थापा र डा रमेश काफ्लेलगायतको टोली सम्लग्न रहेका प्रतिष्ठानले जनाएको छ । निःशुल्क रूपमा शल्यक्रिया हुँदा आर्थिक र समयको बचत भएको छ ।

डा खड्कालाई बिरामीका आफन्तले विशेष धन्यवाद दिएका छन् । पछिल्ला दिन प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तहको पठनपाठन समेत सुरुआत भैसकेको छ ।

प्रतिष्ठानलाई चिकित्सा शिक्षा र उपचारको अब्बल बनाउन लागिरहेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.