राजनीति

१५ महावाणिज्य दूत पदमुक्त, वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

सरकारले विभिन्न देशमा रहेका १५ जना महावाणिज्य दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै सरकार प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गरेको जानकारी दिनुभयो ।

यसै गरी बैठकले राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष वैशाख २८ गते प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सबै सांसदहरूलाई उपस्थित हुन आह्वान गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।

बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.