राजनीति

राजनीतिक गतिविधिमा संलग्न कर्मचारीमाथि कडा निगरानी, सदस्यता लिए सेवाबाटै हटाइने चेतावनी

सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा त्यसका भ्रातृ तथा जनवर्गीय सङ्गठनसँग आबद्ध नहुन कडा निर्देशन दिएको छ ।

राजनीतिक गतिविधिमा संलग्न भएको पाइए भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने चेतावनी सरकारले दिएको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती सेवाको तटस्थता, निष्पक्षता र व्यावसायिक चरित्र जोगाउन कर्मचारीलाई राजनीतिक क्रियाकलापबाट टाढा रहन आग्रह गरेको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) उल्लेख गर्दै कर्मचारीले राजनीतिमा भाग लिएमा बर्खास्त गर्न सकिने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

सूचनामा कुनै पनि कर्मचारीले राजनीतिक दल, भ्रातृ सङ्गठन वा जनवर्गीय सङ्गठनको सदस्यता लिएको, राजनीतिक गतिविधिमा सक्रिय भएको वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेको पाइए कानुनअनुसार कडा कारबाही गरिने उल्लेख छ।

मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार निजामती सेवाको विश्वसनीयता, अनुशासन र राजनीतिक तटस्थता कायम राख्ने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.