कुशल भुर्तेलको शतकीय पारीमा आइसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ । शनिबार भएको खेलमा अमेरिकालाई ९ विकेटले पराजित गर्दै नेपालले सानदार जित निकालेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टस जितेर पहिला ब्याटिङ गरेको अमेरिका ४३ दशमलव ३ ओभरमा १ सय ९५ रनमा समेटियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ८३ रनको अर्धशतकीय पारी खेले भने शेहान जयसुर्याले ५२ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै मिलान्द कुमारले २८ रन जोड्दा हरमित १४ रन बनाए । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाको भागमा समान एक-एक विकेट रह्यो । अमेरिकाले प्रस्तुत गरेको १ सय ९६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३६ दशमलव ४ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको लागि पनर कुशल भुर्तेलले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहँदै १ सय २० रनको शतकीय पारी खेले भने आसिफ शेखले ७२ बलमा ८ चौकको मद्दतमा ५८ रनको अर्धशतकीय पारी खेले । कुशल र आसिफले पहिलो विकेटको लागि १ सय ४५ रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै त्यस्तै एकदिवसिय अन्तर्राष्ट्रिय(ओडिआई) टोलीमा डेब्यु गरेका इशान पाण्डेले २० रनमा अविजित रहे । अमेरिकाको लागि मोहमद मोसिनले एक विकेट लिए ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमा दुई खेलमा स्कटल्याण्ड विजयी हुँदा नेपाल एक खेलमा विजयी भएको छ ।
पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।
नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २०अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २६ खेलबाट १८ मा जित, आठमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
आज नेपालको प्लेइङ-११ इशान पाण्डे, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका थिए ।





प्रतिक्रिया राख्नुहोस्