क्रिकेटखेल

आइपिएलमा कोलकाताद्वारा गुजरात २९ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा कोलकाताले गुजरातलाई २९ रनले पराजित गरेको हो ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो ।

कोलकाताका लागि फिन एलेनले ३५ बलमा ४ चौका र १० छक्काको सहयोगमा ९३ रनको अर्धशतकीय पारी खेले भने अंगकृश रघुबंशीले ४४ बलमा ४ चौका र ७ छक्काको मद्दतमा ८२ तथा क्यामरुन ग्रीनले २८ बलमा ३ चौका र ४ छक्का प्रहर गर्दै अविजित रहँदै ५२ रनको अर्धशतकीय इनिङ खेले ।

गुजरातको लागि मोहम्मद सिराज र साइ किशोरले समान एक-एक विकेट लिए । कोलकाताले दिएको २ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान शुभमन गिलले ४९ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ८५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै जोस बटलरले ३५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५७ र साइ सुदर्शनले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रनको अर्धष्टकीया इनिङ खेले । कोलकाताको लागि सुनिल नरायणले दुई विकेट लिए भने सौरभ दुबे र क्यामरुन ग्रीनको भागमा समान एक-एक विकेट रह्यो ।

जितसँगै कोलकाता १२ खेलमा ११ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने १३ खेलमा १६ अंक जोडेको गुजरात दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समयनुसार दिउँसो पौने चार बजे पञ्जाव किंग्स र रोयल च्यालेंजर्स बैंगलुरु तथा राति पौने आठ बजे दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.