अर्थ
तरलता व्यवस्थापनका लागि एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थामा निक्षेप अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु एक खर्ब बराबरको रकम उठाउन लागेको छ ।
केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ । बैंकले केही समययता लगातार बजारबाट रकम उठाउँदै आएको छ ।
आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकम बोलकबोल हुनेछ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते हुनेछ ।
घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया राख्नुहोस्