जन सरोकार

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत देश राजस्थान प्रदेश मागेवास ग्राम पञ्चायत जयपुर जिल्ला बरुणपथ थानाधर ठेगाना भएका २४ वर्षीय छोटुलाल जांगिड तथा भारत राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपञ्चाय जयपुर जिल्ला घर भएका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ललितपुर महानगपालिका–१४ खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेका उनीहरू दुवै जनामाथि मानव बेचबिखन ओसारपसारअन्तर्गतमा थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.