जन सरोकार

त्रिचालिस हजार अमेरिकी डलरसहित गुरूङ पक्राउ

रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार गुरुङ भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड) बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रमा निजलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार गुरुङको साथबाट गैरकानुनी रूपमा लुकाइछिपाइ बोकेको एकदेखि १०० सम्म दरका नोटबाट जम्मा ४३ हजार अमेरिकी डलर बरामद गरिएको छ ।

प्रहरीले जनाएअनुसार गुरुङ ३० जना भारतीय तीर्थयात्रीसँग मानसरोवर यात्रामा गइरहेका थिए । सोही क्रममा शङ्कास्पद गतिविधि देखिएपछि जाँच गर्दा ठूलो परिमाणको विदेशी मुद्रा फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.