राजनीति
रास्वपा परित्याग गर्नुभएकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई मनोनयन गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकी शर्मालाई मंगलबार केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो ।
सभापति थापाले शर्मालाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा, ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्