भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गर्नुभएको छ ।
न्यायाधीश श्रेष्ठले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोग सङ्कलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक सङ्कलनको काम तत्काल स्थगित गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “न्याय सेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रुपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएँ । यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ, आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नुहुनेछ ।”




प्रतिक्रिया राख्नुहोस्