विश्व समाचार

बेलायतमा बढ्दो युवा बेरोजगारीले ‘गुमनाम पुस्ता’ बन्ने खतरा

बेलायतमा रोजगारी, शिक्षा र तालिमविहीन युवाहरूको संख्या झन्डै १० लाख पुग्न लागेको र यो क्रम अझै बढ्ने देखिएकाले देशमा एउटा ‘गुमनाम पुस्ता’ पैदा हुने जोखिम बढेको छ। सरकारद्वारा गठित एक अध्ययन टोलीले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो चेतावनी दिइएको हो।

प्रतिवेदनका अनुसार समयमै कदम नचालिएमा सन् २०३१ सम्ममा १६ देखि २४ वर्ष उमेर समूहका रोजगारी, शिक्षा वा तालिम नपाएका (जसलाई ‘नीट’ भनिन्छ) युवाहरूको संख्या १२ लाख ५० हजार पुग्न सक्छ। यो भनेको हरेक ६ जना युवामध्ये १ जना बेरोजगार हुनु हो।

प्रधानमन्त्री कीर स्टारमरले युवा बेरोजगारी बढ्नुको कारण पत्ता लगाउन गत वर्ष यो अध्ययन समिति गठन गरेका थिए। “हामी एउटा सिङ्गो पुस्तालाई नै गुमाउने जोखिममा छौँ। यो युवाहरूको असफलता होइन, बरु पुरानै ढर्रामा चलिरहेको हाम्रो प्रणालीको असफलता हो।”

प्रतिवेदनका अनुसार ‘नीट’को दायरामा रहेका ८४ प्रतिशत युवाहरू काम गर्न वा तालिम लिन चाहन्छन्। तर, बेलायतका युवाहरूलाई आफ्नो करियरको पहिलो पाइला चाल्न (सुरुवाती काम पाउन) नै निकै सकस भइरहेको छ।

होटल-रेस्टुरेन्ट (हस्पिटालिटी), ‘वीकेन्ड जब’ (सप्ताहन्तका काम) र प्रशिक्षार्थी (अपे्रन्टिससिप) जस्ता सुरुवाती चरणका कामहरूमा निकै गिरावट आउनु तथा शिक्षा, स्वास्थ्य र कल्याणकारी (वेलफेयर) प्रणाली युवाहरूलाई श्रम बजारमा जोड्न असफल हुनु मानिएको छ ।

यस समस्याको समाधानका उपायहरू भने यसै वर्षको अन्त्यतिर विस्तृत रूपमा सार्वजनिक गरिने बताइएको छ। ब्रिटिस च्याम्बर्स अफ कमर्सकी महानिर्देशक शेभोन ह्याभिल्यान्डले मिल्बर्न प्रतिवेदनले औँल्याएका समस्याहरू उद्योगी-व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएको बताएकी छन्।

उनले भनिन्, “रोजगारी, शिक्षा र तालिमबाट टाढा रहेका युवाहरूको यो संकट नीति निर्माताहरूका लागि ‘चेतावनीको घण्टी’ बन्नुपर्छ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.