राजनीति

‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’

राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि संवाद र दुई देशबीच स्थापित कूटनीतिक संयन्त्रमार्फत प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उहाँहरूले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषयकूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताउनुभयो । “यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवारी कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्कर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सम्झना देवकोटाले नेपाल–भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.