राजनीति

एमालेको १० बुँदे संकल्प : प्रत्येक सदस्यले कम्तीमा तीन नयाँ सदस्य थप्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागि १० बुँदे संकल्प पारित गर्दै प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य तयार गर्ने लक्ष्य निर्धारण गरेको छ।

केन्द्रीय संगठन विभागद्वारा काठमाडौंमा आयोजित दुईदिने कार्यशालाले पार्टी निर्माण र संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर १० बुँदे संकल्प जारी गरेको हो।

संकल्पमा पार्टी सदस्यता विस्तार, विज्ञान तथा प्रविधिको प्रभावकारी प्रयोग, युवा पुस्ताको सहभागिता वृद्धि तथा संगठनलाई टोलस्तरसम्म सुदृढ बनाउने विषय समेटिएका छन्। संकल्पपत्रमा भनिएको छ, “एक संगठित सदस्यले न्यूनतम तीन जना नयाँ पार्टी सदस्य तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी सदस्यता नवीकरण तथा विस्तार अभियान टोलस्तरसम्म सञ्चालन गर्ने निर्णय कार्यशालाले गरेको छ। साथै, गत निर्वाचनमा एमालेलाई मत दिएका मतदातालाई पार्टी गतिविधिमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरिएको छ।

कार्यशालामा जिल्ला इन्चार्ज, प्रदेश तथा जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको वर्तमान संगठनात्मक अवस्था, चुनौती र भावी कार्यदिशाबारे पनि समीक्षा गरिएको थियो।

कार्यशालामा प्रदेशगत समूह बनाएर छलफल गरिएको थियो। समूहगत छलफलका निष्कर्ष सुदूरपश्चिमबाट कृष्णप्रसाद जैशी, राजधानी प्रदेशबाट नारायण सिलवाल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलाबजंग शाह र मधेशबाट चन्द्रेश्वर मण्डलले प्रस्तुत गर्नुुभएको थियो ।

त्यसै गरी कोशीबाट धनश्यामा खतिवडा, बागमतीबाट दावा दोर्जी लामा, सम्पर्क समन्वय समूहबाट अशोक ठकुरी तथा जनसंगठन समूहबाट महाराज गुरुङले निष्कर्ष प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.