प्रदेशबागमती

बागमती मन्त्रिपरिषद् बैठक : अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत

बागमती प्रदेश सरकारले अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो नीति स्वीकृत गरेको हो ।

उक्त बैठकले प्रदेशको विभिन्न जिल्लामा ‘र्‍यापटिङ’ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृत दिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गत रहेका निजामती कर्मचारीतर्फको स्वास्थ्य क्षेत्रका दुई उपसचिवहरू सागरप्रसाद घिमिरे र शतिस विष्टलाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री तामाङले जानकारी दिनुभयो ।

आव २०८३/८४ को दोस्रो सातादेखि विभिन्न मन्त्रालय अन्तर्गतका कुल २०१ वटा कार्यालयलाई एकीकृत गरेर १९१ वटा कार्यालमा सीमित गर्ने निर्णय गरेको प्रवक्ता तामाङले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.