घूँयत्रो- ‘मोबाइल पानीको ड्रममा डुबाएर शिक्षा बचाइयो रे !’
एसइईको परीक्षा सकिएरपरिणाम पनि आइसकेको छ । अबको एक साता पछिदेखि त +२ को शैक्षिक सत्र पनि शुरु हुँदैछ । यसैबीच अहिले सामाजिक सन्जालमा सिरहाको यौटा परीक्षा केन्द्रमा नियन्त्रणमा लिईएका मोवाईहरु पानिको ड्रममा हालेर नष्ट गरिँदै गरेको फोटो देखाइएको छ ।
एक त परिक्षाका बेलामा नियन्त्रणमा लिइएका चिजहरु नष्ट गर्ने वा सम्बन्धित व्यक्तिलाई फिर्ता नदिने भन्ने त कुनै परीक्षा सन्चालन वा शिक्षा ऐनमा छैन होला ।
ऐलेको जमानामा मोवाइल लिएर हिँडनु भनेको कुनै पनि अपराध होइन । कुनै स्थानहरुमा जाँदा मोवाइल लैजान नपाइने हुनसक्छ । मठमन्दिर वा परीक्षा केन्द्रमाजाँदा सामान्य त मोवाईल लैजान पाईँदैन ।
त्यो वर्जित क्षेत्रभित्र जानू अघि ती संस्थाले तिनलाई सुरक्षित राखिदिने ब्यवस्था गरिएको हुन्छ र सम्बन्धित ब्यक्ति त्यहाँको काम सकेर निस्कँदा मोवाइल फिर्ता लिएर जान पाउँछन् र जान्छन । विद्यार्थीहरु परीक्षामा जाँदा मोवाइल राख्न दिनु वा परीक्षा सन्चालकहरुले राखिदिनका लागि लिनु स्वभाविक पनि हो ।
तर, आजको प्रविधिको युगमा आएर पनि प्रविधिलाई नै च्यनलेन्ज गरेर सिरहा जिल्लाको यौटा परीक्षा केन्द्रमा समातिएका मोवाइलहरु परीक्षा सकिएको ३ महिनापछि नष्ट गरेर गजब गरिम् भनेर पुरुषार्थ देखाउनु ती परीक्षा सन्चालकहरुको निर्णय कदापि राम्रो हैन । करोडौँका मोवाइलहरु नष्ट गरेर शिक्षालाई ढुङ्गे युगतिर डोर्याउने जुन निणर्य गरिएको छ त्यो सरासर गलत छ ।
सबैभन्दा पहिला ती मोवाइल पानीमा डुवाएर नष्ट गर्न लगाउने ब्यक्ति त्यसको मानसिक अवस्था ठिक छ कि छैन त्यसको परीक्षण समेत गरी त्यसलाई कार्वाही गर्नुपर्दछ भने ती नष्ट गरिएका करोडौँका सयौँ थान मोवाईलहरुको क्षतिपूर्ति सम्बन्धित ब्यक्तिलाई दिलाउने ब्यवस्था गरिनु पर्दछ ।
यस्तो घटना घटाउने बेलासम्म ब्यवस्थापन समितिले थाहा नपाएको हो कि नष्ट गर्ने मतियारहरुमा समिति पनि जोडिएको छ त्यसको पनि सोधखोज गरी दोषी देखिए उनीहरुलाई पनि सजायको भागी बनाउनु पर्दछ ।
अभिभावकहरु वा निज विद्यार्थीहरु जसका मोवाइल नष्ट गरियो ती मोवाइलभित्र रहेका अन्य सम्पतिहरु -मोवाईलमा राख्न मिल्ने र राखिएका लिखत, डेटा, फोटो वा नगद ई बैंकिङका) जसरि नष्ट गरिएको छ त्यसको जिम्मेवारी पनि मोवाइल नष्ट गर्न आदेश दिनेले लिनु पर्दछ ।
एसइई परीक्षा सिरहा जिल्ला एक्लैले लिएको पनि होइन यो त देशैभर सन्चालन भएको थियो । अन्य जिल्लाका परीक्षा केन्द्रमा पनि त मोवाइल नियन्त्रणमा लिइए होला तर अन्य कुनै केन्द्रबाट यस्तो घटिया हर्कत गरेको देखिएन । तर सिरहाको यै यौटा केन्द्र जसले यस्तो गलत हर्कत गर्यो यसको दुष्परिणाम केन्द्राध्यक्ष वा जसले मोवाइल नष्ट गर्न आदेश गर्यो त्यसले ब्यहोर्नु पर्दछ ।
यस्ता उल्टा मति भएका मान्छेहरुलाई शैक्षिक क्षेत्र सन्चालनको जिम्वारी नै दिइनु हुँदैन । सामाजिक सन्जालमा सगौरव मोवाइईल पानीमा हाल्ने र घटनालाई मनोरञ्जनको साधन सम्झेर खित्का छोडी छोडी हाँस्ने पुलिसका विषयमा त मेरो भन्नु केही छैन ।
किनभने पुलिस भनेको सबैभन्दा तल्लो तहको वुध्दि विबेक भा को मान्छे भनेर समाजमा चित्रण गरिन्छ र सबैभन्दा अयोग्य मान्छे भनेकै पुलिस हो । उ पनि इमान्दार र असल हुन्थ्यो भने मोवाइल नष्ट गर्ने काममा सरिक हुनु हुँदैनथ्यो ।
परीक्षामा सामान्यत चिट चोरेको भेटियो भने उसलाई रेष्टिकेट वा त्यो विषयको परीक्षा रद्द गर्न सकिन्थ्यो र चिटको रुपमा मोवाइललाई प्रयोग गर्यार्थ्यो भने त्यै कैफियत लेखेर परीक्षा सन्चालक कहाँ पेश गर्न सकिन्थ्यो र त्यसबाट दण्डित त्यै एकजना मात्रै हुन्थ्यो तर परिक्षाका दिन नियन्त्रणमा लिइएका सम्पूर्ण मोवाई र घडी नष्ट गर्ने जुन गैरकानुनी र अरुलाई क्षति पुर्याउने जुन काम गरिएको छ त्यस विषयमा सम्पूर्ण अभिभावकहरु एक भएर केन्द्राध्यक्षबाट क्षतिपूर्ति भराउन लाग्नु पर्दछ ।
त्यसैले यो देशका शिक्षा मन्त्रीज्यू पुलिसले पानीको ड्रममा मोवाइल र घडी डुबाएको त देख्नु भए होला नि यस्ता भ्रष्ट पापीहरुलाई तह लाउन के गर्नु हुन्छ हामी त्यो हेर्न र थाहा पाउन आतुर छम ! र “कँही नभञको जात्रा हाँडीगाउँमा” भन्ने उखान हाम्रा गाउँघराँ त्यसै बन्या हैन रैछ भन्ने पनि यो घटनाले प्रमाणित गरिदियो । कि कसो शिक्षाका ठेकेदारज्यूहरु ! हजुरहरुमा चेतना भया !




प्रतिक्रिया राख्नुहोस्