राजनीति

रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो ।

शनिबार सम्पन्न निर्वाचनअनुसार सभापतिमा बस्नेतले एक सय ८१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी वृखबहादुर बम्जन (अशोक)ले ८८ मत र अर्का प्रतिस्पर्धी कर्णबहादुर कार्कीले चार मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा रामचन्द्र अधिकारी एक सय तीन मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी सागर खत्रीले ९२ र दिलीपजंग थापाले ६६ मत प्राप्त गर्नु भयो ।

सचिवमा लालप्रसाद देवकोटा (एलपी) एक सय ८६ मतसहित विजयी हुँदा प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास)ले ७१ मत प्राप्त गर्नुभएको थियो । सह–सचिवमा दिनेशप्रसाद सापकोटा (मोटु) एक सय ३० मतसहित निर्वाचित हुनुभयो भने निकटतम प्रतिस्पर्धी रमेश खत्रीले एक सय १६ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित हुनुभयो ।

सभापति पदमा पराजित भए पनि धेरै मत प्राप्त गर्नुभएका बम्जन (अशोक) विधानअनुसार जिल्ला समिति सदस्य बन्नु भएको छ । अन्य दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

यसैगरी, क्षेत्र नं १ को संयोजकमा मनिष कार्की र क्षेत्र नं २ को संयोजकमा कैलाश थापा निर्वाचित हुनुभएको छ । अधिवेशनमा कुल दुई सय ७४ प्रतिनिधि रहेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.