रास्वपाको सर्वदलीय बैठकमा शीर्ष नेताहरु अनुपस्थित, श्रम संस्कृतिद्वारा बैठक वहिष्कार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन्।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित रहनुभयो भने श्रम संस्कृति पार्टीले बैठक नै वहिष्कार गरेको छ ।
बैठकमा नेपाली कांग्रेसबाट सभापति गगन थापा बैठकमा सहभागी नहुने भएपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद फिरदोश आलम सहभागी हुने जनाइएको छ ।
यसै गरी एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देनको सहभागिता रहेको छ ।
रास्वपाले बैठकको निमन्त्रणामै दलका अध्यक्ष वा सभापतिलाई सहभागी हुन आग्रह गरेको भए पनि एमालेले शीर्ष नेताको सट्टा प्रमुख सचेतकलाई पठाएको हो। श्रम संस्कृति पार्टीले भने बैठक नै वहिष्कार गरेको छ ।
संसदको गतिरोध, आफ्नो भारत भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सोमबार विहान सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।




प्रतिक्रिया राख्नुहोस्