सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रमेशकुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाजस्ता विषयमा संसद् विभाजित भएर प्रस्तुत हुनु दुःखद् भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमासम्बन्धी विषयमा राजनीतिक दलहरूबीच साझा धारणा र एकता आवश्यक रहेको बताउनुभयो । सांसद हमालले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्नुभयो ।
“राष्ट्रियताको सन्दर्भमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति फिर्ता हुनुपर्छ”, उहाँले भन्नुभयो, “संसद्को रेकर्डमा रहेका ती शब्दहरू पनि हटाइनुपर्छ ।”
उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै ती क्षेत्रमाथिको नेपालको दाबी ऐतिहासिक र तथ्यगत रूपमा स्पष्ट रहेको बताउनुभयो । उहाँले नेपालको आत्मसम्मान, राष्ट्रिय गौरव र सार्वभौमसत्ताको संरक्षण सबै राजनीतिक शक्ति र राज्य संयन्त्रको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्