नेपाली टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन् । बुधबार आइसिसीले गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने यस अवार्डमा दीपेन्द्रसहित बङ्गलादेशका मुस्फिकुर रहिम र तैजुल इस्लाम पनि समेटिएका छन् । हालै सम्पन्न भएको विश्वकप लिग–२ मा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीले उनलाई मनोनयनमा समेटेको हो ।
यस अवार्डको आइसिसीले दर्शकको मतका आधारमा विजेता घोषणा गर्नेछ ।




प्रतिक्रिया राख्नुहोस्