जन सरोकार

चर्चित सेफ सन्तोष साह बैंकिङ कसुरमा पक्राउ

बैंकिङ कसुरसम्बन्धी मुद्दामा चर्चित सेफ सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरेको हो ।

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार साहमाथि आर्थिक कारोबारसम्बन्धी विवादपछि उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा बैंकिङ कसुरसँग सम्बन्धित आरोप पुष्टि हुने संकेत देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहले काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा करिब रु. १ करोड ३० लाखको कारोबार गरेका थिए । तर, सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको भन्दै सम्बन्धित पक्षले उजुरी दर्ता गरेको बताइएको छ । सोही उजुरीका आधारमा बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको हो ।

उजुरीकर्ताको दाबीअनुसार साहले रेष्टुरेन्ट खरिद प्रक्रियामा प्रारम्भिक रकम मात्र बुझाएर बाँकी रकम भुक्तानी नगरेपछि विवाद चुलिएको थियो । त्यसपछि रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइएपछि प्रहरीमा मुद्दा पुगेको हो ।

यस विषयमा थप प्रमाण संकलन र बयानका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीले बैंकिङ कसुरका घटनामा कडाइका साथ अनुसन्धान भइरहेको र कानुनी दायरामा ल्याइने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.