अर्थकृषि

जुम्ली किसानले आम्दानी गरे सिमी विक्रीबाट एक करोड ३३ लाख ९२ हजार

जुम्लाको मौलिक उत्पादनमा मार्सी धान, आलु र स्याउ चर्चित रहे पनि त्यहाँको सिमी पनि उत्तिकै रुचिकर खाद्य उत्पादन हो । जुम्लाको सिमीको बजारमाग उच्च रहेको छ । यस वर्ष मात्र जुम्ला झण्डै डेढ करोड रुपैयाँको सिमी विक्री भएको छ ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१र८२ मा जुम्लामातीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ । उक्त परिमाणको सिमी बिक्रीबाट रु एक करोड ३३ लाख ९२ हजार आम्दानी भएको बताउनुभयो ।

जिल्लाभार दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ । पछिल्लो समयमा सिमीको माग बजारमा अत्यधिक आउने गरेसँगै जुम्लाका किसान सिमीखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

सिमी किसानका लागि महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमीखेतीबाट राम्रो आम्दानी गरेका छन् ।

सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरुपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका–१ किसान करन बुढाले बताउनुभयो ।

जिल्लाको सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा चिनिने गरेको तिलाको रारागाउँका किसानले गत वर्षमा किसानले न्यूनतम तीन क्विन्टलदेखि १२ क्विन्टलसम्म सिमी उत्पादन गरेको वडा सदस्य बिजकली बुढाले जानकारी दिनुभयो ।

सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ ।

उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको आठ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख खेमराज शाहीले बताउनुभयो ।

सिमीले उचित मूल्य नपाएपछि स्थानीय व्यापारीमार्फत प्रतिकेजीको १५० मा बिक्री गर्न बाध्य भएको तिलाका किसान बताउँछन् । किसानलाई उन्नत बीउ, प्राविधिक सहयोग तथा व्यावसायिक खेतीसम्बन्धी तालिम प्रदान गर्दै आएको कृषि विकास कार्यालय जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.