जन सरोकार

पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले भारततर्फ निकासी गर्न लागेको १५ किलो ३४० ग्राम अफिमसहित दुई महिलालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–४ की ३० वर्षीया सन्ध्या घर्तीमगर तथा बर्दियाको बाँसगढी नगरपालिका–३ की ४२ वर्षीया मीना रोकाया रहेका लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

लागुऔषध अफिम खरिद गरी बिक्रीका लागि भारततर्फ निकासी गर्न लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ब्यूरोको टोलीले उनीहरूको साथबाट अफिमका साथै मोबाइल दुई थान तथा नगद रु ३४ हजार बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बर्दियाको इलाका प्रहरी कार्यालय मोतिपुरमा बुझाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.