राजनीति
रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ६७३ मत पाउनुभएको छ ।
सोही पदमा उम्मेदवारी दिनुभएका मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत, सागर ढकालले १३९ मत र रञ्जु दर्शना ३४ मत पाउनुभएको छ ।
निर्वाचित कार्यसमितिलाई शुक्रबार नै शपथ गराउने निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्