राजनीति
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट दुई जना सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारीअनुसार शाहले ४७१ मत र ढकालले ४०४ मतका साथ निर्वाचित हुनुभएको हो ।
सोही पदका उम्मेदवार पुकार बम ३३४ मत, यज्ञमणि न्यौपानेले ३०० मत, रमेश प्रसाईँले २०७ मत, सुलभ खरेलले २९१ मत, अशोककुमार चौधरीले १७९ मत, मिलन लिम्बूले १५१ मत, राजीव खत्री १४८ मत, विजय जैरु ११४ मत र हिमेश पन्तले ५३ मत प्राप्त गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्