जन सरोकार

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव भेटिएको छ ।

दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि आज अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडामा पर्ने कर्णाली किनारमा पञ्चपुरी नगरपालिका–८ माझिगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो ।

यसअघि पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवा, रास्कोट नगरपालिका–२, खड्कागाउँ, कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव भेटिएको थियो ।

दुर्घटनामा बेपत्ता भएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अझै फेला परेका छैनन् । सुवेदी र गाडीको खोजीमा गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेना परिचालन भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.