सत्ताको स्वादले फेरि जोड्ला त ओली–प्रचण्ड ?
वली कमरेड देशाँ यति ठूलो परिवर्तन भो तर तपाईं न सच्चिनु भो न सच्चिने बाटाँ हुनुहुन्छ भन्दै काँग्रेसले त प्रदेशका सरकाराँ एमालेसित गठबन्धन गरेर सरकाराँ नजाने भन्द्यो त हँ ?
हुन पनि के भा हुन कुन्नि वली !? जनताले २ तिहाइ मत दिएर यस्तो भारी मतले जिताउँदा नि एआई प्रयोग गरेर एआईले जिताको भन्छन् कैले भने कैले पैलै बाकसाँ छाप लाएर हालेर बाकस साटेर रास्वपाले चुनाब जित्या हो त्यसैले बालेनलाई सरकार चलाउने हक छैन भनेर गर्जिन्छन ।
वलीको स्वभाव परिवर्तन हुने कतै संकेत नदेखिएछि काँग्रेस सभापति गगनले सातै प्रदेशाँ एमाले शीत गठबन्धन गरेर सरकाराँ नजाने घोषणा गरेछि बिचरा एमालेहरु अमिलो मुख लाएर बस्दैछन् ।
उता हिजोसम्म वलीलाई पाट एकीकरण गरम् भनेर केही दिन एमालेका नेताहरको चाकरी गर्दा गर्दा हारथाक भएर बसेका प्रचण्ड शीत सरकार बनाम भनेर के नाकले वली जालान र अब संकट त गहिरै आयो त हँ ?
त्यसो त अब एमालेसित मिलेर काँग्रेसले सरकार नबनाउने हो भने त कमिनिष्ट कमिनिष्ट एक भएर सरकार बनाउन जाम भनेर भन्नू सिवाय वली र प्रचण्ड शीत अरु कुनै बहानै छैन त अनि नमिली सुख्ख ?
त्यसै त राजनीतिको अन्तिम दौड भनेकै सत्ता हो । तर, त्यो सत्ताँ तिमरुनै जाव भनेर काँग्रेसले बाटो खुला गर्देछि यी कमिनिष्टहरलाई सरकार बनाउन ह्याँ भन्दा अरु के चिट्ठा पर्नु पर्ने हो र के ।
दुबै पाटी मिले भने सातै प्रदेशाँ सरकार बनाउन सक्ने र राष्ट्रको ढुकुटी खेलाएर मन्त्रीको पदाँ बसेर चुनाब लडन पाइने बेलाँ नि सरकार बनाउन नलागेर उहीँ पुरानै रिसईबि साँचेर बसेर हुँदो त !
सत्ताँ जान पाई भएछि त जोईलाने जारहरु त वार्ताँ बस्छन भने वली र प्रचण्डबीच त त्यस्तो ठूलो दुष्मनी नै के छ र नमिल्ने हो के १ तर चिन्ता नगर्नोस् माओवादीका सांसदज्युहरु ऐले प्रचण्ड कमरेड श्रीलंकातिर हान्निनु भाछ कि क्या !
शनिबारसम्म ह्वाँ श्रीलंकाट कमिनिष्टहरुको भोज खाएर फर्किनु हुन्छ त्यसपछि वली दरबाराँ पुगेर वलीलाई अनेक तरहले चिमोटन थाल्नु भो भने सरकार बनाउने सहमति होईजाला ।
त्यत्ति हो तपाईंहरको छिटछिटो मन्त्री बन्ने चाहना पूरा नहोला तर प्रचण्डले अन्ततः एमालेसित अनेक भाँति बिन्ति गरेर सरकार बनाउने खेल सफल हुन्छ हुन्छ यसाँ दुईमतै छैन ।
त्यसैले विशेष गरेर कर्नालीका माओवादी प्रदेश सभासद साथीहरु चिन्ता नगर्नोस अब एमालेसित सरकारमा गठबन्धन नगर्ने भनेर काँग्रेसले घोषणा गरिसकेछि राज्यको ढुकुटियाँ दाइँ हाल्न पाउने तपाईंहरकै पुन्पुराँ लेख्याछ त त्यसैले ढुक्कै हुम यो प्रदेशाँ अरु कोई छैनन् कि त्यै एमाले अनि कि त्यै माओवादी त हो ।
अब त कर्नाली भन्या तपाईंहरुकै भाग हो । वलीले लुछेरै लैजान्छु भनेनि सम्भबै छैन । किनभने विकल्पै छैन त अनि वली एक्लै बतुराय र मात्रै हुन्छ र ?
हिजोसम्म काँग्रेसले केही गरेन काँग्रेसले अति गर्यो हाम्रा भागाँ केई परेन भनेर फड्फडाउने माओवादी नेताहरले अब त बजेट संसोधन गरेर भएनि गाउँभरि योजना बाँडने अनि उपभोक्ताका नाममा योजना बनाउँदै कार्यकर्ता पोस्तै गर्ननि सजिलो हुने भो । के था फेरि कैल्यै चुनाब जितेर यस्तो अबसराँ सहभागी हुन पाईने हो कि होईन ?
त्यसैले मौका यै हो जनयुद्धलाई बिर्साउने गरी कुम्ल्याउनु होला । तर काँग्रेस शीत कैल्यै हात पसर्न पर्दैन झैँ गरी सदनमा काँग्रेस मन्त्रीका विरुद्ध माओवादीहरुले आगो ओकल्यौ त्यो कुरालाई विर्सेर सँगै सरकार बनाम भन्न चाईँ लाज मान्नु है !
अन्यथा भोलि फुटपाथे भएर हिँडदा मुखाँ माखा पनि नबस्ने स्थिति आउन सक्छ । त्यसैले बेलैमा होस गरम् कमसेकम कर्नालीयाँ माओवादीसित मिलेर सरकार नबनाम जनताका अगाडि नाङ्गिन नि कति धेरै नाङ्गिनु के !




प्रतिक्रिया राख्नुहोस्