राजनीति

सरकारले राइड सेयरिङ र बिजुलीको कर खारेज गर्नुपर्छ : आजपा अध्यक्ष साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गर्दै राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गर्नुभएको छ ।

अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको उक्त घोषणालाई आफ्नो पार्टीले उच्च सम्मानसहित धन्यवाद ज्ञापन गर्दै यस्तो माग गर्नुभएको हो ।

उहाँले संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर लगाउनु आफैँमा अनुचित भएको भंदु आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु सराहनीय कार्य भएको फेसबुकमा लेख्नुभएको छ । ।

साथै, आजपा अध्यक्ष साहले शिक्षा र स्वास्थ्यमा लगाएको अनावश्यक कर जस्तै राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गर्नुभएको हो । सरकारले राइड सेयरिङ र बिजुली महसुलमा ५ प्रतिशतको दरले मूल्य अभिवृद्धि कर लगाएको छ ।

साहको फेसबुक स्टाटस –
शिक्षा तथा स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर सरकारले नलिने सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको घोषणालाई हाम्रो आम जनता पार्टीले उच्च सम्मान सहित धन्यवाद ज्ञापन गर्दछ । मौलिक हकको रूपमा रहेको शिक्षा तथा स्वास्थ्यमा कर लगाउनु नै अनुचित थियो भन्ने विषयलाई आत्मसात गर्दै आम नागरिकको माग अनुरूप उक्त कर हटाउनु सराहनीय कार्य हो।

शिक्षा र स्वास्थ्यमा लगाएको यो अनावश्यक कर जस्तै राइड शेयरिंग र विजुली महसूलमा पनि सरकारले ५%को दरले मूल्य अभिवृद्धि कर लगाएको छ । त्यसलाई पनि तत्काल खारेज गर्न सम्माननीय प्रधानमन्त्री ज्यूको बिशेष ध्यानाकर्षण गराउदछु ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.