राजनीति

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्युउली मोन्टेलियोनले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण र सहयोगमा आधारित रही आएको उल्लेख गर्दै द्विपक्षीय उच्चस्तरीय भ्रमणहरूले सम्बन्धलाई थप सुदृढ बनाएका बताउनुभयो ।

उपराष्ट्रपति यादवले नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपालका तर्फबाट कृतज्ञता पनि ज्ञापन गर्नुभयो ।

उहाँले स्वीस विकास तथा सहयोग नियोग (एसडीसी) को प्राथमिकतामा नेपाललाई पनि राखेकामा खुसी व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माण, झोलुङ्गे पुल निर्माण, रोजगारी सृजना तथा प्राविधिक सहयोगले नेपालमा ठूलो सहयोग पुगेको पनि उल्लेख गर्नुभयो ।

राजदूत डा मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्डको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै स्वीस सरकार नेपालको उद्योगलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.