राजनीति
सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट
सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।
सर्वोच्च अदालतमा शुक्रबार अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गर्नुभएको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना प्रतिकूल रहने उल्लेख छ ।
यही साउन ४ गते राजपत्रमा प्रकाशित सूचनामा ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ को दफा २५ प्रयोग गर्दै सांसदलाई पनि स्वकीयसचिवको सुविधा दिनेगरी अनुसूची हेरफेर गरिएको थियो ।




प्रतिक्रिया राख्नुहोस्