जन सरोकार

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन ९ र १० गते सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ ।

पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्न, तयार भई आएको राष्ट्रिय परिचयपत्र कार्ड लिन एवं राष्ट्रिय परिचयपत्रको विवरण संशोधन गर्न आउने सेवाग्राहीहरूको चाप बढ्दै गएकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

यी दुवै दिन बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म कार्यालयको राष्ट्रिय परिचयपत्र शाखा खुला रही सोसम्बन्धी सेवाहरू प्रवाह हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.