राजनीति

रास्वपा सभापति लामिछानेद्वारा कोशी र मधेसका सांसदसँग छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरुसँग छलफल गरिरहनुभएको छ ।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बिहीबार सभापति लामिछानेले प्रतिनिधिसभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद जारी राख्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरुलाई निर्देशन दिनुभएको रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो ।

सांसद चौधरीका अनुसार सभापति लामिछानेले वर्तमान परिस्थितिमा जनतामाझ पुगेर सद्भाव कायम गर्ने विषयमा काम गर्न सांसदहरूलाई यसअघि नै निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.