राजनीति

रास्वपा बागलुङको सभापतिमा रायमाझी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित हुनुभएको छ । शनिबार भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी हुनुभएको हो ।

रायमाझीले ९३ मत ल्याउँदा शर्माले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिमा खिनानन्द पौडेल, सचिवमा लिलबहादुर खत्री ‘बबिन’ र सहसचिवमा बालकृष्ण शर्मा निर्वाचित हुनुभएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.