जन सरोकार

प्रहरीले बूढानीलकण्ठमा गोली चलायो, एक जना पक्राउ

प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान करिब २ बजेतिर गोली चलाएर प्रहरीले कर्मा तामाङ नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी दिलीप घिमिरेले बताउनुभयो । यसअघि पनि पक्राउ परेका कर्मा जेनजी आन्दोलनमा फरार भएका थिए ।

खुट्टामा गोली लागेका कर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.