क्रिकेटखेल

सन्दीप पुन: कप्तान, एसिसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन् । सोमबार नेपाल क्रिकेट संघ(क्यान)ले विज्ञप्ति जारी गरी रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको कप्तान बनाएको हो ।

सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीका कप्तान बनेका हुन् । यसघि उनले सन् २०२२ मा केन्याविरुद्धको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको कप्तानी गरेका थिए । त्यसपछि क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज लागेका सन्दीप बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले उनलाई कप्तान जिम्मेवारीबाट हटाएको थियो ।

त्यस्तै क्यानले सोमबारै सन्दीप लामिछानेको नेतृत्वमा एसिसी प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा गरेको छ । मलेसियामा यही अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो । त्यस्तै क्यानले नेपाली क्रिकेट टोलीमा ठूलो परिवर्तन गरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा छनोट भएको १४ सदस्यीय नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी, सन्दीप जोरा रहेका छन् ।

यता एसियाली क्रिकेट परिषद (एसिसी)ले प्रिमियर कपको संरचनामा भने केही परिवर्तन गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले सोझै अर्को वर्ष बंगलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछ । प्रिमियर कपमा नेपालले समूह चरणमा बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङको सामना गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.