अर्थ
एक हजार छ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ८०० र चाँदीको रु चार हजार ७७० कायम रहेको जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य रु चार हजार ७१० थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्