राजनीति
सभामुख अर्यालद्वारा प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ
प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले रुलिङ गर्नुभएको हो ।
प्रतिनिधि सभा नियमावलीवा व्यवस्था अनुसार नियम ५६ अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा र नियम ५७, ५८ एवं ५९ को प्रावधान बमोजिम सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन सभामुख अर्यालले प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको हो ।
‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु,’ सभामुख अर्यालले बैठकमा भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्