आयान्स थापा जापानमा गिनिज वर्ल्ड रेकर्ड्सको कीर्तिमानी नृत्यमा सहभागी
जापानमा बसोबास गर्दै आएका नौ वर्षीय नेपाली बालक आयान्स थापा गिनिज वर्ल्ड रेकर्ड्स मा समावेश भएको विश्व कीर्तिमानी सामूहिक नृत्यमा सहभागी भएका छन्।
जापानको टोकियोस्थित शिन्जुकु, कागुराजाकामा गत जुलाई २५ मा आयोजित विशेष कार्यक्रममा १ हजार ५० जना सहभागीले एउटै कोरियोग्राफीमा ‘अवा डान्स’ प्रस्तुत गरेका थिए।
उक्त प्रस्तुतिले एउटै कोरियोग्राफीमा सबैभन्दा ठूलो सामूहिक अवा डान्स को गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेको हो।
टोकियोमा परिवारसँग बस्दै आएका आयान्सले पनि सो ऐतिहासिक नृत्य प्रस्तुतिमा उत्साहपूर्वक सहभागिता जनाएपछि उनलाई गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक प्रमाणपत्रसमेत प्रदान गरिएको छ।
नेपालको बझाङ मूल घर भएका आयान्शले नौ वर्षकै उमेरमा विश्व कीर्तिमान कायम भएको कार्यक्रममा सहभागी भएर नेपाली समुदायका लागि गौरवको अवसर सिर्जना गरेका छन्।
आयान्सको यस उपलब्धिले जापानमा रहेका नेपाली बालबालिकालाई आफ्नो प्रतिभा र रुचिका क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्