जन सरोकार

मोहम्मद जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा

सरकारले मोहम्मद जयन्तीको अवसरमा यही भदौ १० गते बुधबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।

सार्वजनिक बिदा

मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गरी नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘२०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको थियो । सोही व्यवस्थाको सन्दर्भमा मुस्लिम आयोगबाट २०८३ साल भदौ १० गते बुधबारका दिन मोहम्मद जयन्ती परेको बेहोरा जानकारी प्राप्त हुन आएकाले सो दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ,’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.