जन सरोकार

तनहुँमा थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँका विभिन्न क्षेत्रमा खोज तथा उद्धारका क्रममा हालसम्म ३१ वटा शव फेला परेका छन् । प्रहरी टोलीले आज देवघाट गाउँपालिका-५ स्थित त्रिशूली नदी किनारबाट तीन वटा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालित प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न स्थानबाट शव फेला पारेको हो । भदौ १० गते नौ, र भदौ ११ गते १९ वटा शव फेला परेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तनहुँमा फेला परेका शवमध्ये आठ वटा प्रदेश अस्पताल दमौलीमा राखिएका छन् भने २३ वटा पोखरा पठाइएको छ । फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको प्रनाउ घिमिरेले बताउनुभयो । बाढीका कारण हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य शनिबार सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.