जन सरोकार

प्रधानमन्त्री राहत कोषमा राणाद्वारा एक करोड नौ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले रु एक करोड नौ लाख आर्थिक सहयोग गर्नुभएको छ । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो ।

व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझ्नुभयो ।

सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट रु ८० हजार सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । राणाले थप रु २५ लाख बराबरको जिन्सी र खाद्यान्न सहयोगको तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.