राजनीति

ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले व्यहोर्नुपर्यो

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले व्यहोर्नुपरेको बताउँ दै प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालको कपिलवस्तु जिल्ला समितिद्वारा आज आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिनुभयो ।

ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष यादवले पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताउनुभयो ।

यसका लागि संयुक्त राष्ट्रसङ्घमा नेपालले जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने उहाँले माग गर्नुभयो । कार्यक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.