बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग
गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्नुभएको हो ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको उहाँले बताउनुभयो ।
“देशमा ठूलो सङ्कट परेका बेला सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम उपलब्ध गराएको हुँ”, उहाँले भन्नुभयो । बाढीबाट प्रभावित रसुवाका करिब ५० परिवारलाई राहत सामग्रीसमेत वितरण गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।
नवलपुरको गैँडाकोटका गैरे विगत दुई दशकदेखि पोर्चुगल बस्दै आउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले पोर्चुगलमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आउनुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्