अर्थ
एक हजार दुई सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला रु एक हजार २०० र चाँदीको मूल्य रु ४० ले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र चाँदीको मूल्य रु चार हजार ६२० कायम भएको छ ।
आइतबर छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २० र चाँदीको मूल्य रु चार हजार ६६० थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्