राजनीति
प्रथम महिला पौडेलद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गर्नुभएको छ ।
पशुपतिनाथ मन्दिरमा उहाँले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना एवं दर्शन गरी नाथका मूल अर्चक गणेश भट्टबाट टीका एवं फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।
पूजा, आराधना एवं दर्शनका लागि प्रथम महिला पौडेल पशुपति क्षेत्र पुग्नुहुँदा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद्का सदस्यहरू कोषको कर्मचारीले स्वागत गर्नुभएको थियो ।
तीज पर्वका अवसरमा सोमबार बिहान ३ बजेदेखि नै पशुपति क्षेत्रमा व्रतालु महिलाको लाम लागेको छ । बिहान १० बजेसम्म व्रतालुको लाम कम थियो भने १० बजेपछि लाम बढेको हो । अपराह्नपछि भक्तजन अझै बढेका थिए ।





प्रतिक्रिया राख्नुहोस्