बिचार

‘पुनर्गठन’ बोकेर गुण्डु पुगे, ‘लगेरहो मुन्नाभाइ’ सुनेर फर्किए

हिजो विद्या भण्डारीले पाटीको सदस्यता मात्रै माग्दा यो दुनियाँमा वली बाहेक कोही चाहिन्न भनेझैँ गरी उनलाई निरास फर्काउने नेताहरु शंकर, विष्णु, पृथ्वी जस्ता वलीका लास र दाशहरुलाई आज वलीले पुनर्गठन सम्बन्धी प्रस्ताव लिएर गएका यिनीहरुलाई ५ घण्टासम्म झुलाएर थाङ्नामा सुताएर गएछि अब एमालेको रडाको केन्द्रीय समितिबाटै छेउ किनार लाग्ने भएको छ ।

वलीले हिजोका यी दास र झोलेहरुलाई छोडेर नयाँ र फ्रेस एमालेहरु खोजेर आफ्नो बहुमत भएको केन्द्रीय समितिबाटै सबै कुराको निर्णय लिइने भनेछि बिचराहरु वली दरबारबाट निरास भएर फर्किएका छन ।

वलीले सम्भवतः ५ असोजमा हुने केन्द्रीय कमिटीको बैठकमा पाटी पुनर्गठनको माग राख्नेहरुलाई पाटी “पुनर्ताजगी भन्ने” लौरोले हिर्काएर अलिअलि भएका विरोधीहरु समेतलाई जिम्मेवारीबाट बन्चित गरेछि वली यो ५ बर्षका लागि ढुक्क भएर गुण्डुमा राज चलाउने निर्णयमा पुगेका छन् ।

रास्वपा सरकारले २र४ दिन कालकोठरीका नाममा उल्टै ौषधि उपचार र अपरेशन समेत गरेर रोग मुक्त गराएछि वली ऐले तन्दुरुस्त भएर जेनजी स्टायलमा उत्रिरहेका छन् । तर उनको भन्दा फरक खेमाका नाममा पाटीमा धधङ्गा मच्चाउनेहरु वलीलाई जेनजीकै आडमा बयोबृध्द मान्छेले पाटी हाँक्ने हैन पाटी हाम्ले हाँक्न पाउनु पर्छ भन्नेहरुले ऐले वलीलाई दिनको आराम र रातको निन्द्रा खल्बल्याई रहेका छन् ।

तर, आफ्नो जवानीमा झापा युध्दका नाममा विपक्षीलाई ठाडो उठनै नसक्ने गरी सिध्याएर १४ बर्ष वनबास बसेर आएका वलीले ऐलेका काँचा कलिला र जिन्दगीमा कैल्यै हातहतियारै नउठाएका कमिनिष्ट नेताहरु शंकर र विष्णु अनि पृथ्वीलाई किन टेर्थे र !

निरंकुश पन्चायती ब्यवस्थाको झापा बिद्रोह मात्र हैन कि गणतान्त्रिक व्यवस्था र स्वतन्त्रताको पराकाष्ठामा भएको जेनजी आन्दोलनलाई समेत लडेर, पचाएर, अनि सबै खरानी बनेको हेरर र अनुभव गरेर आएका वली पाटीका २र४ जनाले अध्यक्षबाट राजिनामा दे भन्दैमा राजिनामा दिएर भाग्नेवाला छैनन् ।

त्यसैले उनको राजिनामा माग्ने साथीहरुले सबैभन्दा पैला पाटीमा आफ्नो बहुमत देखाएर बस्नोस् । साँच्चै तपाईंहरुले एमालेमा परिवर्तन चाहेकै हो, पाटी र आफूलाई वलीको हैकमवाद र महेश बस्नेतको गुण्डागर्दीबाट बचाउन चाहेको हो भने सबभन्दा पहिला विधिपूर्वक पाटीमा अविश्वासको प्रस्ताबको प्रकृया शुरु गर्नुस् ।

हैन खाली काँग्रेसमा गगनले विशेष महाधिवेशन बोलाएर रातारात देउबाको पाटी सभापति खाईदिए जस्तै गरी खाईदिने र पाटीमा अस्थिरता मात्रै पैदा गर्न खोज्या हो भने कृपया यस्तो धन्दा छोडनोस् किनभने वलीका कार्यकर्ता देउबाका जस्ता कमजोर छैनन्, विगतमा हाम्ले हेरेकै त छम् ।

वलीले आफ्नो फोटो राखेर “म झोले” भन्ने लेखेर सामाजिक सञ्जालाँ पोष्टिने बित्तिकै तिनका कार्यकर्ता त्यो झोले भन्ने शब्दलाई कसरी दास बनेर पछ्याएका थिए ! बिर्सनु भो ?? ऐले वलीका बिरोधी बनेका तपाईंहरु समेत झोले लेखेर टाल्नेमा प्रतिस्पर्धा गर्नु भा को हैन र ! कि बिर्सनु भो ??

यावत प्रकारान्तमा वलीलाई पाटीको गद्दाबाट हटाउन गाह्रो छ । त्यसैले यस्तो कुरा भन्ने बित्तिकै पूरा हुन गारो छ । त्यसैले हाम्ले नि हिन्दी फिल्ममा यौटा डाईलग छ नि “लगेरहो मुन्ना भाइ” हो त्यै डाईलग तपाईंहरलाई हाम्रो तर्फाट भन्दिँदा फरक पर्लाजस्तो लाग्दैन है मलाई त ! बाँकी मर्जी तपाईंहरको ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.