बिशेषराजनीति

पशुपतिनाथको कल्याण र बुद्ध सन्देशको अर्थ (भिडियो)

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधनको अन्त्यमा ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्दै नेपालको धार्मिक–सांस्कृतिक पहिचानलाई विश्व शान्ति, प्रकृति संरक्षण र जलवायु न्यायसँग जोड्नुभएको छ ।

पशुपतिनाथलाई समस्त प्राणीका रक्षक तथा नेपालको हिमाली–हिन्दू सभ्यताको प्रतीक र गौतम बुद्धलाई शान्ति, करुणा र अहिंसाको प्रतीकका रूपमा प्रस्तुत गर्दै उहाँले जलवायु संकट र युद्धले ग्रस्त विश्वका लागि जीवन, प्रकृति, शान्ति र मानवताको सन्देश दिन खोज्नुभएको हो ।

भोटेकोशी–त्रिशूलीको विपद्लाई हिमालयबाट आएको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गर्नुभएका शाहले हिमाल संकटको असर मानिस, कृषि, पानी र पारिस्थितिकीय प्रणालीसम्म पुग्ने विषय उठाउनुभयो। त्यसैले पशुपतिनाथसँग विश्वकल्याणको कामना गर्नु प्रकृति र समग्र जीवजगतको संरक्षणलाई जोडेर हेरिएको छ ।

त्यस्तै, युद्ध, द्वन्द्व र हतियारको होड बढिरहेको विश्वमा बुद्धको मार्गको स्मरण शान्ति, अहिंसा, करुणा र संवादको आग्रह गर्नुभयो । युद्धका लागि तीव्र आपूर्ति प्रणाली बनाउन सक्ने विश्वले किसानका लागि मल र जीविकोपार्जनका साधन सुनिश्चित गर्न नसकेको अवस्थाप्रति उहाँको गम्भीर प्रश्न थियो ।

पूरा विश्लेषण यो भिडियोमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.